हालाण्ड डर्टमण्डको प्रशिक्षणमा फर्किए - Nepal Talk
श्रावण १४ गते, २०७८

हालाण्ड डर्टमण्डको प्रशिक्षणमा फर्किए

पटक हेरिएको

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डका स्ट्राइकर अर्लिङ हालाण्ड क्लबको प्रशिक्षणमा फर्किएका छन् ।सिजनको अन्त्यपछि बिदामा रहेका हालाण्ड बिहीबारबाट प्रशिक्षणमा फर्किएका हुन् । डर्टमण्डले सामाजिक संजालबाट हालाण्ड प्रशिक्षणमा फर्किएको जनाएको छ ।

क्लब छाड्ने चर्चा चलिरहेको बेला हालाण्ड प्रि-सिजनको तयारीमा फर्किएका हुन् । नर्वेका २० वर्षीय स्ट्राइकर पछिल्लो समय चेल्सीसँग जोडिएका छन् । उनलाई अनुबन्धको लागि चेल्सीले प्रस्ताव गरेको बताईएको छ । गत सिजन उनले २८ खेलमा २७ गोल गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्: