टोटेनहमसँग सनको नयाँ सम्झौता - Nepal Talk
आश्विन ११ गते, २०७८

टोटेनहमसँग सनको नयाँ सम्झौता

पटक हेरिएको

एजेन्सी । इंग्लिस क्लब टोटेनहमका फरवार्ड सन ह्युङ मिनले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

टोटेनहमले शुक्रबार दक्षिण कोरियन फरवार्डले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।

सनले टोटेनहममा थप चार वर्ष बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।

नवीकरणसँगै उनी २०२५ सम्म टोटेनहममा रहने छन् ।

२९ वर्षीय फरवार्ड २०१५ मा जर्मन क्लब बायर लिभरकुसेनबाट टोटेनहम आएका थिए ।

सनले टोटेनहमका लागि २ सय ८० खेलमा १ सय ७ गोल र ६४ असिस्ट गरेका छन् ।

सनले दक्षिण कोरियाका लागि ९१ खेलमा २७ गोल गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्: