ईपीएलको उपाधि चितवनले जित्यो, पोखरा ४ विकेटले पराजित - Nepal Talk
कार्तिक ४ गते, २०७८

ईपीएलको उपाधि चितवनले जित्यो, पोखरा ४ विकेटले पराजित

पटक हेरिएको

कमल सिंह ऐरीको उत्कृष्ट बलिङ अनि भीम सार्कीको अर्धशतकको मद्दतमा चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलो पटक च्याम्पियन बनेको हो ।

पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए ।

यस्तै दिलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहाजादले ११ रन जोडे । पहिलो ओभरमै चितवनमा हासिम अन्सारी खाता नखोल्दै नन्दन यादवको बलमा विनोद भण्डारीबाट क्याचआउट भएका थिए । अर्को ओभरमा करिम जन्नत पनि किशोर महतोको बलमा रिचर्ड लेभीबाट शून्य रनमै क्याचआउट भए ।

प्रतिकृया लेख्नुहोस्: