के अब चुनाब सम्भब छ त ? - Nepal Talk
माघ ८ गते, २०७७

के अब चुनाब सम्भब छ त ?

पटक हेरिएको

पार्वती खड्का
काठमाण्डौं पुस, २० । प्रतिनिधि सभा बिघटन गरेर चुनाब गराउछु भन्दै लागिपरेका के.पी शर्मा ओलीको एजेण्डा अहिले दोधारमा परेको छ । आफनै पार्टिका नेताले साथ छोडनु र बेला बेलामा आउने उनको शुर न तालको अभिव्यक्तीले चुनाबी एजेण्डा झन तुहिने पक्का पक्कि भएको त छ नै उनको हठी स्वभाब र निर्णयले गर्दा दलहरुबीच राजनैतिक बैमनस्यताको घाउ पनि अझै गहिरिदैं गएको छ ।
सत्तापक्ष दल नेकपाका अध्यक्ष प्रचण्ड–माधब खेमाले त संसद बिघटन गैरकाननुनी भएको भन्दै दोश्रो चरणको आन्दोलन नै घोषणा गरिसक्यो तर पनि प्रधानमन्त्री के.पी शर्मा ओलीे भने चुनाब गराइछोडछु भन्दै कार्यकर्तालाई आस्वश्त पारिरहेका छन् ।
पार्टीलाई समेत कुनै सुइको नै नदिई संसद बिघटन गरेपछि अहिले एकाएक साना ठुला सबै दल र नेताहरु ओलीसमुहसंग चिढिएको छ । यस्तो विवादित विषयमा नेकपाकै केहि नेताले भने धर्माराउदो अभिव्यक्ति दिएर पन्छिने गरेका छन् । यसैका एक उदाहरण हुन् । नेकपाकै नेता तथा सासंद लालबाबु पण्डित । उनले अद्याबधिक चुनाबको सम्भाबना रहेको र प्रधानमन्त्री के.पी शर्मा ओलीको चुनाबी प्रक्रियाका लागि चालेको कदमप्रति असन्तुष्ट भएको बताए । ‘उनले ताजा बहससंग भने, नेकपा फुटिसेकेको छैन् । ‘संसद बिघटन गैरकानुनी हो तर हामी नेकपा मिलोस भन्ने पक्षमा छौ । हाम्रो चुनाब चिन्ह सुर्य हो । ‘नेता पण्डितले भने ।’
त्यसो त २०५१ सालमा गिरिजा प्रसादले संसद बिघटन गर्दा सडक तताउने प्रमुख प्रतिपक्षि दल एमाले नै थियो । अहिले चुनाबी एजेण्डाको ललिपप देखाएर संसद बिघटन गराएका प्रधानमन्त्रीका बिरुद्ध काँग्रेस आन्दोलनमा उत्रिनुले उहि २०५१ सालमा गिरिजाबाबुले गरेको संसद बिघटनका बेला एमालेले प्रतिपक्षमा रहंदा सडक तताएको पर्म तिरेको हो कि भन्ने एकाथरिको खुलदुली पनि छ । नेपाली काँग्रेसका नेता तथा सांसद मानबहादुर बिश्वकर्माले ‘केपी शर्मा ओलीले संबिधानमा हुंदै नभएको अधिकार प्रयोग गरि संसद भंग गरेर तानाशाहा काम गरेकाले बिरोध गरेको बताएका छन् ।’ उनले ‘कुनै पनि हालतमा केपी शर्मा ओलीले चुनाब गराउन नसक्ने ठोकुवा गरे ।’
चुुनाबलाई देखाएर के.पी शर्मा ओलीले देशलाई कम्बोडिया बनाउने षडयन्त्रतिर लागेको उनको आंकलन छ । आज ताजा बहससंगको कुराकानीमा ‘उनले भने, सर्बाेच्चका न्यायधिशले पनि यहि संबिधानको सपथ खाएर गएकाले संंबिधान कुल्चिन नमिल्ने बताएका छन् । नेता बिश्वकर्माले भने, ‘‘अब हामी साना ठुला दलले एउटै मोर्चा बनाएर संघर्ष गर्छाै ।’
दुःखद कुरा यो छ कि देशको प्रधानमन्त्रीले चुनाब गराउछु भन्दा साना ठुला कुनै दल र नेताले सजिलै बिश्वाश गरेका छैनन् । संघिय समाजबादी फोरमका नेता तथा सांसद मोहम्द इश्तियक राईले पनि चुनाब हुन नसक्ने बताएका छन् । ‘संबिधानले केपी ओलीलाई मनोमानी गर्न छुट नदिएको उनले बताए ।’ हुन पनि दलहरुबिच कुनै सहमती र छलफल बिना नै चुनाब गराउछु भनेर लागिपरेका प्रधानमन्त्री ओली अहिले चुनाबी योजनाको विषयमा त कुरै गर्दैनन बरु आफनै पार्टिका नेताहरुमाथि भनाभन र खैला–बैलामा समय खर्च गरिरेहेका छन् । चुनाबमा जानका लागि निर्वाचन आयोग आफै अलमलमा छ । आयोगले चुनाबका लागि स्पष्ट रुपमा अझैसम्म पनि कुनै ठोेस काम अगाडि बढाएको देखिदैंन् । तर निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने मतदाता नामावली अद्यावधिक कार्यक्रम सन्चालन गर्ने तयारिमा निर्वाचन आयोग जुटिरहेको बताएका छन् । कार्यक्रमको कार्यतालिका तयार, जनशक्ति बजेट अनुमान गर्ने आचारसंहिता लगायतको तयारिमा निर्वाचन आयोगले छलफल गरिरहेको पनि उनले ताजाखबर संग बताएका छन ।
आयोगले गरेको चुनाबी तयारिहरु विवादको खतरामा छ । प्रतिनिधिसभाको बहुमतलाई निर्वाचन आयोगले मान्न तयार छैन हो ? भन्ने हाम्रो प्रश्नमा प्रबक्ता श्रेष्ठले भने, ‘निर्वाचन आयोगले सरकारले अहृाएको काम गर्दछ ।’ ‘हामी संबैधानिक आयोग हौ, त्यसैले निर्वाचन आयोग संबिधानले तोकेबमोजिम काम गर्ने प्रबक्ता श्रोष्ठ बताउछन ।’ चुनाब बहिष्कार गरिरहेको दलहरुको बहुमत सडकमा छ । यो हेर्दा लाग्छ चुनाब हुन्छ भन्ने कुनै आधार नै छैन् । निर्वाचन आयोगको प्रवक्ताको यि भनाइहरुको आशयले पनि निर्वाचन आयोगले रेडिमेड जवाफ दिएर औपचाकिता मात्र निभाइरहेको छ । चुनाबका कुरा त परै छाडौ, प्रधानमन्त्रीको असंबैधानिक कदमलाई निर्वाचन आयोगले चुनाब गरेर कसरि संबैधानिक बनाइदेला त ? अर्थात चुनाबमा भाग लिन्न भनेर बाहिष्कारमा उत्रेका सडकको भिडले चुनाब स्विकार्ला त? प्रश्न रहस्यको गर्भमा छ । संबैधानिक निकायभित्र दलको रिमोट चल्नुले एकातिर असंबैधानिक गतिबिधि मौलाइरहेको छ भने अर्कातिर प्रधानमन्त्री केपी शर्मा ओलीले सानो निहँमा सल्काएको यो विवादको आगोले नेकपाको घर मात्रै होइन देश नै ध्वस्त नर्पाला भन्न संकिदैन ।

प्रतिकृया लेख्नुहोस्: