प्रजातन्त्रमा को मालिक र को नोकर हो ? - Nepal Talk
श्रावण १४ गते, २०७८

 प्रजातन्त्रमा को मालिक र को नोकर हो ?

पटक हेरिएको

पार्वती खड्का
काठमाण्डौं पुस, २४ । प्रजातन्त्रको सफल अभ्यास हुँदै आइरहेको अमेरिकी संसद तोडफोडको घटनाले प्रजातन्त्रको मर्मलाइ नाँगेझार बनाएको छ । अमेरिकाको उक्त घटनाले विश्वलाई खतराको घण्टी बजाइदियो । कहिले आमसन्चारमाद्यमलाई जनताको सत्रु भनेर त कहिले सामाजिक सन्जालले नै सेन्सर गर्नुपर्ने गरि विवादास्पद अभिव्यक्तीहरु दिएर पटक–पटक विवादमा आइरहने ट्रम्पले यसपटक  सदनभित्र तहल्का मच्चाए । उक्त घटनाले कमजोर मुलुकसंग दादागिरि सांधिरहने अमेरिकी शक्तिको बर्काे समेत उडाइदिएको छिमेकि राष्ट्रहरुको बिश्लेषण छ । यहि घटनालाई लिएर बेलायतको प्रधानमन्त्री बोरिस जोनसोनले अमेरिका विश्वभरी प्रजातन्त्रको पक्षमा उभिन्छ, त्यसैले शान्तीपुर्ण र नियमसंगत शक्तिको हस्ताण्तराण आवश्यक भएको बताए ।
प्रवृती एक पात्र अनेक भन्ने कहावतलाई यस घटनाले सिद्ध गरेको छ । भर्खरै निर्वाचित अमेरिकी राष्ट्रपती जो वाइडेनले एकजना बालकसंग माफि माग्दै गरेको तस्विर केहि दिन अगाडि सामाजिक सन्जालमा खुब भाइरल बन्यो । राष्ट्रपतिका अगाडि कालो भेषमा उभिएका ति बालकका बुवा अर्थात मारिने ब्यक्ति अमेरिकाका काला जाती थिए । उनलाई गोरा पुलिसको एक जवानले मारेको थियो । राष्ट्रपतीले घुँडा टेकेर ति बालकसंग माफि मागिरहेको तस्बिरले धेरै कुरा बोलिरहको छ । डोनाल्ड ट्रम्पको यो हर्कतलाई उक्त तस्बिर दरो झापड बन्न सक्छ ।
प्रजातन्त्रको भाषामा जनता मालिक हुन्छन् । नेता नोकर हुन्छन् । मालिकले भनेको नोकरले मान्नैपर्छ । यहि कुरा अमेरिकी राष्ट्रपति जोे वाइडेनले पालना गरेका हुन् ।उनी प्रजातन्त्रको सच्चा नेता हुन् । अमेरिकाकै पुर्व राष्ट्रपती अब्राहमण लिकंनले डेमोक्रयाटको परिभाषा दिँदै भनेका छन । ‘‘फर द पिपुल, बाई द पिपुल, टु द पिुपुल, अथवा ‘‘जनताको लागि जनता द्धारा भन्ने अर्थ हो ।’ नेपालका नेतृत्वले प्रजातन्त्रको सहि अभ्यास गर्न सकिरहेको छैन् । शाशकहरुको सवारि प्रजातन्त्रको यसको विपरित लेनमा हिँडिरहेको छ । नेता मालिक र जनता नोकर जस्ता देखिन्छ् ।’
यदि नोकरले गल्ति गर्याे भने छुट हुन सक्ला तर मालिकले गल्ति गर्ने छुट हुनु हुदैन । मालिक (जनता)ले पटक–पटक गल्ति दोहोर्याइरहेको छ । शाशकले मात्र होइन यँहा शाशित वर्ग (जनता)ले पनि गल्ति गरिरहेका छन । गलत मान्छेलाई बिश्वाश गरेर मत दिएर ।
‘‘देशको जनता कस्तो छ भनेर हेर्न मन लाग्यो भने त्यस देशको नेता जन्माउने जनता हेर्नु रे ।’ जनता हेर्न मन लाग्यो भने नेता हेरे पुग्छ, भन्ने उक्तीको खुब सम्झना आउछ आजकाल । देशमा परिवर्तन आउन पात्र फेरिएर मात्र हुन्न प्रवृती फेरिन पर्छ ।
राजनितिका गुरु अरस्तुले भनेका छन ‘‘प्रत्येक मान्छे राजनितिक जनवार हो ।’ मान्छे सामाजिक प्राणि हो । सामाजिक प्राणिले समाजको नियममा र अनुशाशनमा बाधिन जान्नुपर्छ । यदि त्यसो नहुने हो भने सामाजिक प्राणिहरु हामी मान्छेको अस्तित्व खलबलिन्छ र मानवसभ्यता माथी नै नैतिकताको प्रश्न उठने गर्छ ।
। राजनिती शाश्त्रको परिभाषाले राज्य हुनलाई ‘‘सरकार, भुगोल र सम्प्रभुता अनि जनसंख्या चाहिन्छ भन्छ । राज्य शक्तिको सिदान्तले पनि सम्प्रभुत्ता मागेको छ । सम्प्रभुत्ताले राज्यको अस्तित्व जोगाउंछ । शक्तिशाली राष्ट्रहरुको अस्तित्व पनि धरापमा परेको विश्वमा थुप्रै उदाहरणहरु छन् ।
हरेक मुलुक आफनै स्वाभिमानमा बांचेका हुन्छन । आफनै शाशनप्रणाली हुन्छ । संबिधान त एक कागजी खोस्टा न हो । बेलायतमा अझैसम्म पनि लिखित संबिधान छैन् । तर पनि त्यँहाको राजनितिक श–ुशाशन बलियो छ । नागरिकहरु अब्बल छन , सचेत छन । विकाशले राज्य समृद्धि छ । भन्न खोजेको कानुनभन्दा नैतिकता कैयौं गुणा माथी छ । यदि शाशकमा नैतिकता हरायो भने देशको सार्वभौमसत्ता सकिन्छ ।
एकजना राजनितिका गुरु हब्सले भनेका छन ‘‘दयाको पात्र हुनु भन्दा घुणाको पात्र बन्नु बेस, यस भनाइको तात्पर्य चुप लागेर नबस अथवा युद्ध गररे पनि आफनो अधिकार लिन पछि नपर हो ।’ त्यस्तै सेरोफेरोभित्र रहेर केलाउनुपर्दा ‘‘म नै राज्य हुँ भन्ने फ्रान्सेली राजा लुई चौधौको घमण्डले फ्रान्सको राज्यव्यवस्था र सँबिधान कमजोर बनाएको थियो ।
सदनभित्र एक सदनात्मक र दुइ सदनात्मक पक्षको बिचमा चुनाब भयो । अन्ततः राजाको एक सदनात्मक पक्ष पराजित भयो । बहुमत द्धिसदनात्मक पक्षमा सदन उभियो । तत्पश्चात फ्रान्सेली जनताको मौलिक हक बलियो बनेको थियो । डोनाल्ड ट्रम्पले सत्ता हत्याउन संसदमा मच्चाएको उदण्डता हेर्दा लाग्छ, उनले राजा लुइ चौधौको बिडो थामेका छन । एकाथरिले सामाजिक सन्जालमा अमेरिकी संसदमा भएको उक्त घटनाको फोटो सेयर गर्दै के.पी ओली र ट्रम्पको केमेस्ट्रि मिलेको समेत टिप्पणी गरिहेका छन । यतिबेला सामाजिक सन्जालका भित्ताहरु राजनितिक तर्क बितर्कले पोतिएको छ । यो सबै सन्दर्भहरुले राजनितीभित्र नैतिकता हराएछि सत्ता बहुलाउंदो रहेछ भन्ने निचोडमा पुर्याएको छ । । नेपालमा पनि संसद बिघटनपछिको घटनाले राजनितिक अस्थिरताले लोकतन्त्रमा बिश्वाश गर्ने तँपाई हामी सबैलाई नराम्रोसंग तर्साएको छ, अझ भनौ यता पनि बिनामियोको दाइं चलिरहेकोे छ ।

 

 

प्रतिकृया लेख्नुहोस्: