प्रधानमन्त्री ज्यु, संसद तँपाइको डास्टबिन हो? - Nepal Talk
माघ ४ गते, २०७७

प्रधानमन्त्री ज्यु, संसद तँपाइको डास्टबिन हो?

पटक हेरिएको

पार्वती खड्का
काठमाण्डौं माघ, १ । ‘‘थुक्ने भन्ने त यँहा त चान्सै छैन टिस्यु पेपरमा कि टवाइलेट लिएर थुक्नु पर्छ मैले अहिलेसम्म थुकेको देखेको छैन, । मानसिक असन्तुलन गुमाएकाहरुले कता–कति थुके भने मात्र नत्र यँहा त थुकेको देखेकै छैन ।’ माथिका हरफहरु सार्वजानिक ठाँउमा थुक्ने विषयमा जापानमा बस्दै आएकी नेपाली नागरिक दिक्षा पाण्डे हिराले हामीलाई फोनमार्फत सुनाएको उनको अनुभब थियो ।
थुक्नु साथीको अपमान अर्थात घृणा गर्नु हो । हाम्रो समाजमा मन नपरेको मान्छेलाई गाली गर्न पनि थुक्ने चलन छ । सजिलै संग जथाभाबी थुक्ने प्रायजसो सबै नेपालीहरुको बानी छ ।
अस्ती प्रधानमन्त्रीले रोष्ट्रममा थुकेको कतिले देख्नुभएको छ ? संसदको बैठकमा चिन र भारतको विषयमा बोल्दा बोल्दै प्रधानमन्त्रीले रोष्ट्रममै थुकेका थिए । उनले थुकेको विषयले सामाजिक सन्जाल बेस्सरि ततायो । बिवेकशिल पार्टिले त ‘‘सार्वजनिक ठाँउमा नथुकौ’ भनेर ठुल–ठुला अक्षरमा प्ले कार्ड बनायो । संसद सार्वजनिक ठाँउ मात्र होइन यो त नेपालको गरिमा बोकेको ठाँउ हो । नेपालललाई विश्वमा प्रत्यक्ष भेट गराउने ठाँउ पनि हो । यस्तो महत्वपुर्ण ठाँउमा पुगेर प्रधानमन्त्रीले थुक्नु भनेको सभ्यताको घाँटि निमोठिएको बलियो प्रमाण हो ।
एकजना दर्शनशाश्त्री बिल केलीले भनेका छन । ‘‘असल व्यहोराले अरुलाई आदर गर्न मद्यत गर्छ ।’ त्यस्तै अर्का दार्शनिक एकरिक होफरले भनेका छन । ‘‘असभ्यता कमजोर व्यक्तीहरुसंग मात्र हुन्छ ।’ नेपालका धेरै दुरदराजले थुक्नु हुँदैन भन्ने कुरा थाहै पाउन सकेको छैन । होस पनि कसरि यो विषयमा जनचेतना दिने निकाय आफै यसरि लावारिस देखाइरहेको छ । तराई समुदायको गाँउघरमा त पान खाएर भुइ–भित्ताहरु रातै हुनेगरि थुकेको देखिन्छ । चटपट–पानी पुरी गाढा ठेलावालाहरुले एक हातले पान माडदै अर्काे हातले आफनो चिँउडो फटयाएर मुखमा पान राख्छन् त्यहि मुखमा राखेको पदार्थ एकछिनपछि आफुले खाना बेच्ने ठाँउमा ग्राहककै अगाडि थुकिदिन्छन् । यो दुश्य तँपाई हामी सबैले अनुभब गरिरहेको कुरा हो । पहाडी मुलकमा पनि गाँउ घरमा त चुरोट खाने समुदाय बाक्लो हुन्छ । चिया र चुरोटको धुँवामा अरुको नकरात्मक टिप्पणी गरेर बरालिने र अनावश्यक होहल्लामा रमाउने हुलमा प्राय सजिलै सबैले सार्वजनिक ठाँउमा थुक्ने गर्छन । रुघा लाग्दा हाँच्छिउ गर्दा नेपकिन अर्थात रुमाल बोक्ने नेपालीहरुको आदत कम छ ।
किन हुर्कदै छ थुक्ने चलन
१. सार्वजानिक ठाँउमा थुकदानिको व्यवस्था नहुनु ।
२. संस्कार बानीव्यहोरा परिवर्तन नहुनु ।
३. नितिनियम नबन्नु ।
४. संवेदनशिल नहुनु
५. जरिवाना नहुनु

थुक हाम्रो शरिरको दिशा पिसाब जस्तै एउटा विकारयुक्त काम नलाग्ने बस्तु हो । यस्ता काम नलाग्ने बस्तु हामी शरिरभित्र धेरै राखिरहन त सक्दैनौ । तर व्यवस्थापन गर्न भने अवस्य पनि सक्छौ । जतिखेर मन लाग्यो उत्तिखेर खर्कानु अथवा थुक्नु डर्कानु भनेको आफनो सभ्यता आफै घटाउनु हो । हामी लामो यात्रामा कतै सार्वजानिक यातायातमा

कतै निस्कदैं छौ भने त्यतिखेर तँपाइ हामी आफै बसको झयालबाट थुक्न बाध्य हुन्छौ । सार्वजनिक सवारिहरुमा दैनिक यात्रुहरुले झयालबाट थुकेर लामा–लामा यात्रा गरिेरहेका हुन्छन् । थुक्ने विषयको गन्थन गर्दा तँपाइलाई अचम्म लाग्ला । कुनै पनि देशको रहनसहन बानि–व्यहोराले त्यस देशको सभ्यता बोलिरहेको हुन्छ । स्वास्थ्यका हिसाबले पनि सार्वजनिक ठाँउमा थुक्नु राम्रो होइन । हाम्रो थुकमा विभिन्न खराब सरुवा रोगहरुको व्याक्टेरियाहरु हुने गर्छन् । सार्वजनिक ठाँउमा थुक्ने बितिक्कै हावा दुषित बनाइदिन्छ ।
सार्वजनिक ठाँउमा थुकदानिको छैनन् । कतिपय स्थानमा त सार्वजनिक सौचालय समेत प्रयाप्त मात्रामा छैनन् । थुक्ने ठाँउको गुनासो अलग्गै राखौ यँहा पृथ्बी राजमार्ग र वि.पी राजमार्गहरु खुला दिशापिसाबमुक्त हुन सकिरहेका छैनन् ।

बिकसित मुलुकहरुमा संस्कार र व्यवहारको पनि बिकाश भएको हुन्छ । सार्वजानिक ठाँउमा थुक्नु अपराध मानिन्छ । सार्वजनिक ठाँउमा थुकेमा दण्ड जरिवाना गरिन्छ तर नेपालमा भने सार्वजनिक ठाँउमा थुक्न निषेध गर्ने कुनै कानुन नियम नै छैन् । सार्वजानिक ठाँउमा जथाभाबि थुक्नु अविकसित मुलुकका नागरिकहरुको ठुलो समस्या हो । एक अध्ययनले भनेको छ कि सार्वजनिक ठाँउमा थुक्ने मानिसहरु फुर्सदिला छन । उनीहरु मुखमा सुपारी, गुटखा पान जस्ता पदार्थहरु राखेर हिड्छन । बाटो सिँढि, सार्वजनिक चौर, कुवा, धारा, पोखरी जँहा मन लाग्यो कुनै आनाकानीबिना फुत्त थुकिदिनाले हाम्रो वातावरण अस्वस्थ बन्छ ।
बिकसित देशहरुमा सार्वजनिक ठाँउमा थुक्नु पहिलो अपराध मानिन्छ । अष्टे«लियामा सार्वजनिक ठाँउमा थुक्ने व्यक्तिलाई प्रहरीले समातेर पाँच हजार डलर सम्म जरिवाना गर्छ । संयुक्त राज्य अमेरिकामा पनि एन्टी स्पिटिगं अभियान लामो समयसम्म चल्यो । अमेरिकाको एउटा स्वास्थ्य संगठन अमेरिकी फेफुली नामक संस्थाले क्षयरोग हेपाटाइटिस जस्ता रोग नफैलियोस भनेर जनतालाई शिक्षा दिन सार्वजनिक ठाँउमा नथुक्न भनेर लामो समय सुस्त अभियान चलाएको थियो । स्वास्थ्य विज्ञहरु भन्छन, ‘‘हामीले थुकेको थुकमा श्वाशप्रश्वाशमा अप्ठयारो बनाउने खालका व्याक्टेरियाहरु हुन्छन् । हामीले थुकेको ठाँउ बाहिरको तापक्रमले बचाईराख्छ र हावाका माध्यमबाट छिटै रोग बनेर फैलन्छ । सार्वजनिक ठाँउमा थुक्ने कुरा लज्जाको विषय हो । त्यस माथी पनि  संसदमा प्रधानमन्त्रीले थुकेको विषयले हामी नेपालीहरुको शिर निहुराएको छ । जथाभाबि थुक्ने बानीव्यहोराको अन्त्य हुन जरुरि छ । जथाभाबि थुकेर हामीले हाम्रो स्वास्थ्यलाइ समेत सरापीरहेका छौ भने आफनो सभ्यतामाथी नै प्रश्न चिन्ह उठाइरहेका छौ ।

 

प्रतिकृया लेख्नुहोस्: