केपी ओलीकोे टोपी समाजवादको तर जुत्ता समान्त-पुँजिवादको - Nepal Talk
फाल्गुन २३ गते, २०७७

केपी ओलीकोे टोपी समाजवादको तर जुत्ता समान्त-पुँजिवादको

पटक हेरिएको

पार्वती खड्का
माथिको हरफहरु हामीले नेता घनश्याम भुषाल बाट सापटि लिएका हौ । उनले एक बर्षअगाडि काठमाडौंमा आयोजित एक कार्यक्रममा यहि शब्दहरु बोलेका थिए । उनले त्यतिखेर नेकपा संयुक्त हुँदा नेकपाभित्रै एउटा गुट दलाल बन्दै गयो भनेका थिए । उनले त्यसो भनेको एक बर्ष पनि काटन पाएन । घनश्यामको त्यो वाणिलाइ केपी शर्मा ओलीले साच्चैँ प्रमाणित गरेरै देखाइदिए । भुसालले भर्खरै एक कार्यक्रममा पनि कार्यकारीले बदमास नगरोस भनेर न्यायालय चाहिएको बताएका छन् ।
आजकाल चिया दुकान र गल्लि दोबाटोहरुमा बालुवाटारको खुब चर्चा छ । उनको सत्ता चलाउने शैलिले एकात्मक तानाशाहाको न्यास्रो मेटाइदियो । यतिसम्म कि उनको हर्कत हेदा त कम्युनिष्टको सत्ताभित्र समाजवाद पनि अटाउन सकेको देखिएन । मदन भण्डारीको बहुदलिय जनवादले धेरैलाई एमाले बनाएको थियो । अहिले पनि कम्युनिष्टहरु मदन भण्डारीलाई आदर्श नेता मान्छन । उनको बहुदलिय जनवादको सपना केपी शर्मा ओलीको बयल गाढा र पानी जँहाजको फिरन्ते गफले सिद्धयायो । केपीको कार्यशैलीले त विपिले जोहो गरेको समाजवाद पनि बाकि रहेन ।
नर्वे, स्विडेन, र डेनमार्क जस्ता मुलुकमा समाजवादी प्रणाली छ । त्यँहाका नागरिकहरुलाई राज्यले रोजगारीको ग्यारेण्टी गरेको छ । प्रजातान्त्रीक विधिबाट नेता छानिएका तिनै देशहरूमा नागरिकले स्वास्थ्य सेवा, शिक्षा, र आजीवन निवृत्तिको सुविधा पाउँछन । त्यँहाका नागरिकहरूले विश्वका अन्य देशहरुको तुलनामा राज्यलाई सबैभन्दा धेरै कर तिर्ने गर्छन् । ती तीन देशहरूमा पनि अत्यधिक सफल पूंजीवादी क्षेत्रहरू छन् ।
समाजवादले समाजमा सबै उत्पादनको समान स्वामित्व राख्न सक्छ । स्वामित्व प्रजातान्त्रिक तवरले चुनिएका सरकार मार्फत अधिग्रहण गरिन्छ । समाजवादले सबैको समान हैसियत खोज्छ । समाजवादको सिदान्तलाई माँया गर्ने दल र तिनका सरकारले समान आर्थिक प्रणालीको बारेमा पैरवि गरिहेका हुन्छन् ।
लोकतान्त्रिक समाजवाद भएका देश भित्रको सत्ताको राजनीतिक विचारधाराले आर्थिक, सामाजिक मुद्धाहरु बोकेको हुनुपर्छ । समाज र अर्थव्यवस्था दुबै प्रजातान्त्रिक ढगंले चलेको हुनुपर्छ ।
समाजवादले त पूँजीवादको व्यक्तिगत समृद्धिलाई पनि माइनस अर्थ लगाउछ । लोकतान्त्रिक समाजवादीहरू पूँजीवादबाट समाजवादमा सहभागितामार्फत समाज परिवर्तनको पक्षमा बोल्छन् भने त्यो क्रान्तिकारी मार्क्सवादको चरित्रको मान्न सकिन्छ ।
केपी ओली कम्युनिष्ट पार्टिमा रहेर राजनिती गर्छन् तर चरित्र पुँजिवादको देखाएका छन् । उनको राजनितिक चरित्रले कम्युनिष्टको त के समाजवादको पनि खुलेरै विरोध गरेको छ ।
कारण नम्बर-१ असंबैधानिक काम
देश महामारीले एक वर्ष थला राखेको छ । आमनागरिकहरु ऋार्थिक मन्दी भोगिरहेका छन् । उनले संबिधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद भंग गराएर चुनावको घोषणा गरे । त्यो देशको अर्थतन्त्रले धान्न सक्दैन ।
कारण नम्बर-२ भ्रष्टाचारको मलजल
म भ्रष्टाचार गर्न दिन्न भन्ने म आफु पनि भ्रष्टाचार गर्दिन भन्ने कुरालाई उल्टो सिद्ध गरेका छन् । प्रधानमन्त्रीले भ्रष्टाचारका मुद्धाहरुमा सिन्को भाच्ने पनि काम देखाउन सकेनन् ।
कारण नम्बर-३ नेकपा कमजोर बनाउनु
केपी शर्मा ओलीले संसद भंग गरेपछि नेकपाभित्र एकाएक विवाद बढयो । संबिधानमा नभएको अधिकार प्रयोग गरेर पार्टिभित्र विवाद होहल्ला मच्चाए । अहिले नेकपा अनौपचारिक रुपमा अलग अलग जस्तै भइसकेको छ । उनलाई पार्टिले कार्वाही गरेर निष्काषण गर्ने तयारि गरिरहेको छ ।
गाँस, वास, कपास र स्वास्थ्य सेवा जस्ता समान्य कुराको लागि सरकार जनताप्रति उत्तरदायि बनोस अनिमात्र त्यो लोकतान्त्रिक शाशन भएको मुलुकमा गनिन्छ ।
कारण नम्बर-४ जनतालाई झुक्याए
‘‘सुखि नेपाली समृद्ध नेपाल, ‘‘अब कोहि नेपाली भोको बस्नु पर्दैन, ‘‘घर–घरमा ग्याश पाइप, जस्ता सपना बाँडे । जनताको आधारभूत आवश्यकताहरूलाई चुनावी घोषणा बनाए । यस्तै उधारो घोषणापत्रलाई बिक्रि गर्नै दाउमा आफुलाई वाह केपी ओली बनाए । उनको यो शब्हहरुले जनता झुक्कीएका थिए । उनको अहिलेको संबिधानको हुर्मत लिने कार्यशैलीले असलि चरित्र पँुजिवाद हो भन्ने प्रष्ट पारिेदिएको छ ।
कम्युनिष्ट पार्टीले शासन गरेको धेरै देशहरूले आफूलाई समाजवादी राज्य भनेर घोषणा गर्छन् र समाजवादी आर्थिक र सामाजिक नीतिको प्रयोग गर्छन् । तीन देशहहरु क्युबा, चीन र उत्तर कोरिया कम्यनिष्टहरुले शाशन गरेको मुलुक हो ।
चीन
चीनको कम्युनिष्ट पार्टीले सबै उद्योगको स्वामित्व पार्टिसंग हुन्छ । देशमा उत्पादनको आयात भन्दा पनि निर्यात बढि हुन्छ । उद्योग धन्दाबाट सरकारले नाफा कमाउन सक्छ । जनताले निशुल्क स्वास्थ्य शिक्षा पाउन सक्छन । घरवास र सम्पत्ती विकास अत्यधिक प्रतिस्पर्धी पूंजीवादी प्रणाली अन्तर्गत सञ्चालीत हुने गर्छ ।
क्युबा
क्युवाको कम्युनिष्ट पार्टीले पनि अधिकांश उद्योगको स्वामित्व लिन्छ । क्युवाका मानिसहरु राज्यको लागि काम गर्दछन् । सरकार द्वारा स्वास्थ्य सेवा र उच्च शिक्षा को निस् शुल्क व्यवस्था गरीन्छ ।
उत्तर कोरिया
कम्युनिष्ट पार्टीले शासन गरेको उत्तर कोरियाले अहिले प्रजातान्त्रिक गणतन्त्र कोरियाको समाजवादी संविधान अन्तर्गत काम गर्दछ । सरकारले सबै फार्मल्याण्ड, कामदारहरू र खाद्यान्न वितरणको जिम्मा लिने गर्छ । आज, पनि त्यँहाका सबै नागरिकका लागि सरकारले नै स्वास्थ्य र शिक्षाको व्यवस्था गरिहेको छ । सम्पत्तीमा कसैको निजी स्वामित्व छैन । समाजवादी देशहरू फेरि, आफूलाई समाजवादी भनेर चिनाउने प्रायजसो आधुनिक देशहरूले शुद्ध समाजवादसँग सम्बन्धित आर्थिक वा सामाजिक प्रणालीहरूलाई कडाईका साथ अनुसरण गर्न सक्दैनन् । बरु, सामान्यतया समाजवादी मानिने देशहरूले वास्तवमा प्रजातान्त्रिक समाजवादको नीति प्रयोग गर्छन् ।

 

प्रतिकृया लेख्नुहोस्: