भारतिय रअसंगको भेट पछि प्रधानमन्त्रीको उल्टो यात्रा - Nepal Talk
फाल्गुन २३ गते, २०७७

भारतिय रअसंगको भेट पछि प्रधानमन्त्रीको उल्टो यात्रा

पटक हेरिएको

 

✍️श्याम रोक्का

ईश्वरका नाममा शपथसमेत नलिने साम्यवादी धङधङी बोकेका प्रधानमन्त्री ओली एकाएक पशुपतिमा ‘संकल्प पूजा’ गरेर नेपालमा राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भनेर खरो रुपमा वकालत गर्ने कमल थापाको पथमा उभिएका छन् ।

‘म ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु,’ भन्ने शब्दमा समेत रुष्ट भएर दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथमा केपी शर्मा ओलीले भने, ‘म देश र जनताका नाममा शपथ लिन्छु ।’ भन्दै ‘ईश्वर’ शब्द हटाएर शपथ लिए ।

तर सविधान विपरीत गएर एका(एक सविधानसभा विघटन गरेका प्रधानमन्त्री ओली सोमबार सबेरै धर्मपत्नी राधिका शाक्य, सहयोगी र सुरक्षाकर्मीसहित पशुपतिनाथ मन्दिर गए, ईश्वरका नाममा सवा लाख दीप प्रज्वलन गर्दै उनले पशुपति क्षेत्रभित्र झन्डै एक घण्टा बिताए र अब देशमा हिन्दु राष्ट्र चाहिन्छ भन्ने गतिलो सन्देश दिए। लगत्तै बालुवाटार पुगेर र त्यसको केही समय नबित्दै नागरिक मार्च पासमा बुट बज्जार्न निर्देशन दिए, लाठी र पानीका फोहोराले शान्तिपूर्ण आन्दोलनलाई निस्तेज गराए । नेपाल धर्मनिरपेक्ष भएको १४ वर्ष पछि फेरि उल्टो यात्रा हिड्दै अबको पथ हिन्दु राष्ट्र नै हो भन्ने पुष्टि गरे सांकेतिकरुपमा भने अब लोकतन्त्र समाप्त भयो।

गत पुष(२३ गते राजसंस्था र हिन्दू राष्ट्र माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०ले सरकारलाई २३ बुँदे ध्यानाकर्षण बुझाएको थियो । मागमा संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथापूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गरियोस् , राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस् ,
जस्ता माग पेश भएका थिए।

यसकारण हिन्दु राष्ट्रको पक्षमा प्रधानमन्त्री ओली

गत कात्तिक (५ गते आधा रातमा प्रधानमन्त्री केपी शर्मा ओ‌ली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ता कूटनीतिक मर्यादा विपरीत भयो।

प्रधानमन्त्री ओलीको त्यो भेट नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँगको भेट कूटनीतिक मर्यादाविपरीत नै थियो।

प्रधानमन्त्री सगको रअको भेट लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म दर्जनौ नेपाली भूभाग अतिक्रमण गरेको विस्तारवादी मुलुक भारतलाई फेरि नेपालका दलाल शासकहरूले लगाएको रातो कार्पेट थियो। कालापानी बाट विस्तारवादी सेना हटाउने र लिम्पियाधुरासहित भारतीय कब्जामा रहेको नेपाली भूमि फिर्ता गराउने विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने स्थितिमा प्रधानमन्त्री ओलीले उल्टो विस्तारवादसँग भित्रभित्रै
साँठगाँठ, हिमचिम र आत्मसमर्पण बढाएर नेपाल हिन्दु राष्ट्र समेत कायम गराउन भारतले प्रधानमन्त्री ओलीको प्रयोग सजिलै गर्‍यो । फल स्वरुप प्रधानमन्त्री ओली आज हिन्दु राष्ट्रको पक्षमा मौनता दृढता सहित उभिएका छन् ।

ओली हालको संविधानले मुलुकलाई धर्मनिरपेक्ष किटान गरेपछिका पहिलो प्रधानमन्त्री हुन् । छिमेकी भारतमा एउटा ठूलो धार्मिक समुदायलाई आकर्षित गर्ने उद्देश्यले धार्मिक राजनीति फस्टाएको छ त्यसको प्रभाव भारतले नेपालमा लाद्न चाहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि नेपालका विभिन्न मठ–मन्दिर जाने र पूजाआजा गर्ने र नेपाल हिन्दु राष्ट्र हो भन्ने सन्देश बारम्बार दिन खोजी रहन्थे।त्यसको मत्तियार प्रधानमन्त्री ओली बनेको सत्य हो।

नेपालमा राज संस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने राप्रपाको माग छ जुन मान्यतालाई हालको संविधानमा उल्लिखित धर्मनिरपेक्षताको प्रावधानले अंकुश लगाएको छ । कुनै बेला ‘राष्ट्रवाद’ लाई प्रमुख एजेन्डा बनाएका प्रधानमन्त्री ओलीको बोलीमा अचेल धार्मिक अनुराग निकै झल्कन्छ । उनले केही अघि भारतीय टेलिभिजन च्यानल जीन्युजलाई दिएको अन्तर्वार्ताको अधिकांश भाग धर्म, संस्कृति र पूर्वीय दर्शनमै केन्द्रित थियो ।

‘जब पूरै दुनियाँ अँध्यारोमा थियो, त्रेतायुगमा जनकपुरमा याज्ञवल्क्य, गार्गी, अष्टावक्रलगायतका धेरै ऋषिहरू र विदुषीहरू शास्त्र र दर्शनका बारेमा, जीवन जगत्का बारेमा बहस गर्थे,’ उक्त अन्तर्वार्ताको एउटा अंशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जबकि युरोपमा धेरै पछि अरस्तुले त्यसको सुरुवात गरेका हुन् । राजा दशरथसँग १० वटा रथ थिए, त्यही भएर उनलाई दशरथ भनिएको हो ।’ आदि–इत्यादि ।

ओलीले गायत्री मन्त्र नेपालमै लेखिएको पनि बताएका थिए । ‘गायत्री मन्त्र, जुन मन्त्रको पनि मन्त्र, सर्वोच्च मन्त्र हो, त्यो कौशिक ऋषिले नेपालकै चतरामा कोसी नदीको किनारमा बसेर लेखेका थिए,’ उक्त अन्तर्वार्तामा ओलीले थप दाबी गरेका थिए । प्रधानमन्त्री ओली महामारी र राजनीतिक संकटलाई समाधान तिर लैजान पर्ने बेलामा पशुपतिको आस्थाको यात्राले ९इश्वरको भरोसाले जनतालाई आघात पुर्‍याएको छ।
विश्वका सबै देशहरुमा कोरोना विरुद्धको खोपको परिक्षण भैरहेको बेलामा प्रधानमन्त्रीले पशुपतिमा गएर विश्व कल्याणको संकल्प पुर्जा गर्नु नौं आर्श्चर्य हो ।

-श्याम रोक्का अनेरास्ववियू केन्द्रिय सदस्य हुन् ।

प्रतिकृया लेख्नुहोस्: