छोरीहरुको घरशिक्षा नै गलत - Nepal Talk
जेष्ठ ४ गते, २०७८

छोरीहरुको घरशिक्षा नै गलत

पटक हेरिएको

पार्वती खड्का
पढाइको शिलशिलामा म गाँउदेखि शहर छिरेकि एक सामान्य छोरी हु । मेरि आमा बल्लतल्ल आफनो नाम खुटयाउन सक्ने हुनुहुन्छ । त्यो पनि गाँउमा आएको प्रौढ कक्षाले गर्दा आमालाई त्यत्तिको नाम लेख्न र चिन्न सक्ने बनाइदिएछ । आमालाई मैले बेला मौकामा सोध्ने गर्छु । आमा तँपाइले किन नपढनुभएको ?
आमाको जवाफ ‘हाम्रा पालामा छोरीले पढे बेश्या बोक्सी हुन्छन भन्थे ।’ मैले यहि प्रश्न हजुरआमालाई सोध्दा पनि मैले यहि जवाफ पाँउथे । मैले गर्ने गरेका घरधन्दामा सानो गल्ति हुँदा अथवा म बिहान उठ्न अल्छि गरिदिँदा यसले कसरि अर्काको घर गरेर खाली भनेर हजुरआमा पिरलिनुहुन्थ्यो ।
म अर्काको घरका लागि जन्मेको छु जस्तो र मलाई कसै अर्काको खुसिका लागि जन्माएको हो जस्तो भान पथ्र्यो । मानौ मेरो क्षमता र मेरो जिन्दगी भनेकै अर्काको घर हो । बाआमाहरुले भन्ने गर्छन छोरी अर्काको घर जाने जात हो । घरकाले भन्छन यो अर्काकी छोरी हो ।
शहरभित्र पढाइ र यसो गरिखाने मेसो गरिरहँदा मेरो घर परिवारआफन्तहरुले एउटै प्रश्न गर्छन अब त विहे गर्नुपर्याे । छोरीले विहे गर्नैपर्छ भन्ने समाजिक दायरा बनाइदो रहेछ । यो सामाजिक नियमको डोरिले हरेक छोरीहरु पासोमा परेका छन् ।

यो मेरो मात्रै होइन ।  सबैको छोरीहरुले पाउने घरशिक्षा यहि हो । हामी छोरीहरुलाई पढलेख गरेर आत्मस्वाभिमान बन्न भन्दा पनि अर्काको घरलाई रिझाउन र अरुलाई खुसि राख्न स्कुलिङ गर्दोरहेछ हाम्रो समाज । मलाई यस्तै माटोले मलजल गरेर हुर्काएको छ । यँहा छोरी र बुहारी बिचमा हेर्ने विभेदको चस्मा हरेक आमाबाबुले लगाएका हुन्छन । नेपालमा कुनैबेला शतिप्रथा थियो । श्रीमान मरेका दिन श्रीमतीले पनि ज्युँदै जल्नुपर्ने। चन्द्र शमशेरले शतिप्रथा उन्मुलन नगरेको भए आज पनि हामी नारीहरु श्रीमानको चितामा ज्युँदै जलिरहेका हुन्थ्यौ ।

शतिप्रथाका अवशेषहरु कँहा सकिएको छ र ? अझै पनि छोरी मान्छेले बोले पोथि बास्छ भन्छ हाम्रो समाज । हामीकँहा पुरुषप्रधान मानसिकता बलियो छ । अहिले पनि हामी छोरीहरुमा सम्पत्तीको समान अधिकार छैन् । घरमा छोरीहरुलाई निर्णायक बनाउन सक्दैनन् आमाबाबुहरु कारण छोरीहरुको रुद्रघण्टी हुदैन रे । पहिला अवसर त देउ न अनि पो थाहा हुन्छ उसको क्षमता र योग्यता त । एकदिन नारी स्वतन्त्रता मनाएर ठुला प्लेकार्ड टासेँर अनि एकदिन सार्वजनिक विदा दिएर नारी स्वतन्त्रता सम्भब होला त? सबै महिलाहरुको जिम्मा नलिकन भन्नुपर्दा वास्तवमा छोरीहरु अझैपनि पुरुषप्रधान समाजभित्र ज्यँदै मरेर बाँचिरहेका छन् । छोरीलाई जन्मदैँ पराइघर जाने जात भनेर कित्ताकाट गर्छन आमाबाबुहरु । जुन घरमा जन्मीन्छे त्यो घरमा उसको छोरासरह समान अस्तित्व हुदैन । छोरा नभएसम्म मरेपछि स्वर्ग जान पाँइदैन जस्ता मनोसामाजिक रोगले गर्दा हरेक दिन छोरीहरु गर्भपतन हुने गरेका छन् ।
हाम्रा धर्म ग्रन्थहरुमा नारीलाई देविका रुपमा पुजा गर्ने गरिएको छ । बेदमा नारीको बारेमा यसरि बर्णन गरिएको छ ।
या अकृन्तन्नवयन् याश्च तत्निरे या देवीरन्ताँ अभितोऽददन्त ।
तास्त्वा जरसे सं व्ययन्त्वायुषमतीदं परि धस्त्व वासः ।।
वेदमा वर्णन गरिएको यस हरफले महिला देवीका रुप हुन भन्न खोजेको छ । ऋग्वेदको दोस्रो मण्डलको तेस्रो सूक्तको छैटौं ऋचामा गृत्समद भार्गव शौनक ऋषिले देवीहरूले लुगा बनेको जस्तो शब्द गर्दछन र हाम्रा उत्तम कर्ममा प्रेरणा जगाउँदै पूजित हुन्छन । देवीहरू तानिएको धागाको तान बुन्दै उत्तम गतिमा लाग्न हामी पुरुषहरुलाई योग्य बनाउन अन्न र दूध आदिले परिपूर्ण गराउँछन भन्ने भाव व्यक्त गरिएको छ ।
आधुनिक समाजमा यसको उल्टो अभ्यास भइआएको छ । एकजना महिला बलत्कार भइ भने राती राति हिड्ने केटी छाडा देख्छ हाम्रो समाज । के केटी मान्छेको राती बाहिर निस्कने स्वतन्त्रता छैन र? भारतको राजधानी नया ँदिल्लीमा १६ डिसेम्बर २०१२ मा चिकित्साशास्त्रकी विद्यार्थी २३ वर्षीया ज्योति सिंहमाथि भएको सामूहिक बलात्कारको विषयमा बीबीसीले वृत्तचित्र बनाएको थियो ।

वृत्तचित्रमा बलात्कारीमध्येका एक मुकेश सिंहले भनेका थिए कि रातिराति हिंड्ने केटी नै खराब हुन् । त्यस्तालाई यस्तै सजाय दिनुपर्छ, चूपचाप सहेकी भए त्यो केटी पनि मर्ने थिइनन् । वेदमा महिलाहरूले घर परिवारको नेतृत्वको गर्ने, परिवारका सदस्यहरूकोे नियन्त्रण गर्ने, राजनीतिक एकाइमा रहेर कार्य गर्ने, सभाको सदस्य बन्ने गरेका सन्दर्भहरूले त्यस समयमा महिलाहरू राजनीतिक नेतृत्वमा पनि संलग्न हुने गरेको तथ्य जाहेर हुन्छ । यो करिब अठतिस सय बर्ष अगाडिको वेदमा भनिएको कुरा अझै पनि व्यवहारत कार्यन्वयन हुन मुस्किल छ । राजनितीमा महिला सहभागिता ३३ प्रतिशत भनिदिएकोमा महिलाहरु रमाएका छन् । पुरुषहरु महिलाको सहयोग बिना अधुरा हुन्छन भन्ने कुरा त वेदमै पनि उल्लेख गरिएको छ भनेपछि महिला कसरी कमजोर? महिला शशक्तिकरणका लागि आफै बोल्न जरुरी छ । भारतका राष्ट्रपती इन्दिरा गान्धि महिला नै थिइन । बेलायतमा महिला प्रधानमन्त्री एलिजाविथले शाशन गरिन । नेपालमा पनि सुसिला कार्कीहरु प्रधानन्याधिश भएका थिए । यसको मतलब अवसर दिनुस महिला पनि सक्षम छन् भन्न खोजिएको हो । एक दिनको नारी दिवसले नारी हकअधिकार स्थापित हुन सक्दैन । यसको लागि त हरेक घरभित्र छोरीलाई अवसरको खाँचो छ । हाम्रो घरशिक्षाले छोरी  योग्य बनाउन सकोस तब मात्र नारी स्वतन्त्र हुन सक्छे ।

प्रतिकृया लेख्नुहोस्: