कोरोनाको औषधीको नाममा रातारात चल्न थाले यस्ता अबैध धन्दा - Nepal Talk
आश्विन ११ गते, २०७८

कोरोनाको औषधीको नाममा रातारात चल्न थाले यस्ता अबैध धन्दा

पटक हेरिएको

नेपाल टक संवादाता ।
कोरोना महामारी निको हुने भन्दै एउटा औषधी बजारमा महंगोमा बिक्रिबितरण हुने गरेको छ । कोभिड १९को महामारीले गर्दा काठमाण्डौं लगायत अन्य शहर बजार बन्द छन् । महामारीले सबैलाई त्राहिमाम बनाएको छ । यहि समयको मौका छोपेर कोरोनाको औषधीको अबैध व्यापार पनि मौलाएको छ । उक्त औषधीको रेमडिसिभर कोभिड १९ नाम दिइएको उक्त औषधीको मुल्य एक लाख देखि २ लाख सम्ममा बिक्रि हुने गरेको गरेको छ तर पनि यो औषधीले कोरोनाको भाइरस संक्रमण भएको बिरामीलाई निको पार्ने बताइएको छ । कोरोना महामारी स्वास्थ्य समबेदना संग जा्ेडिएको विषय हो । बिरामीहरु बढे भनेर बिरामीको स्वास्थय संग व्यापार गर्नु अर्काे अपराध हो । यदि उक्त औषधी खुला बजारमा पाइने हो भने औषधिको बाहिरपटिको भाडामा किन डिस्पेन्स विद मेडिसिन गायड अटयाज अर प्रोभाइड सेप्रेटली भनिएको हो । यो औषधी हेर्दा विदेशी प्रोडक्ट हो । यदि कोरोनाको औषधी हो भने किन सेप्रेट व्यापारको कुरा औषधीको भाडामा लेखिएको हो त? योे औषधीले के र कती मात्रामा काम गर्छ थाहा छैन । यो औषधी हो किन मंहगो छ त ? कोरोनाभाइरसको औषधी पत्ता लगाउन सक्दैनौ भनिरहेका अनुसन्धानकर्ताहरुको भनाइलाई यो व्यापारले धुलो चटाएको देखियो । यो औषधी कुन भाइरोलाजिस्टले पत्ता लगाएका हुन । कुन देशबाट उत्पादन भएको हो ? किन नाम लेख्न नसकेर सेप्रेट व्यापार गर भनिएको छ त ? यो विषयमा अनुगमन हुन जरुरी छ । कोरोना महामारीले जनमानसमा त्रास फैलाएको छ । अहिलेको कोरोना भाइरस युके भेरियन्ट नेपाल र भारतमा दु्रत गतिमा संक्रमणको संख्या बढेको छ । चिनका वुहानमा तिन तिन दिनमा डब्बल संक्रमण देखिएको थियो। नेपालमा पनि चार चार दिनमा दोब्बर भएको छ । यो संक्रमण घटाउन विश्व दौडिरहेको छ । धेरै अनुसन्धानहरु पनि नभएका होइनन् । तर पनि कुनै पत्तो लागेको छैन भन्ने स्वास्थ्य वैज्ञानिकहरुको दावि छ । युके भेरियन्टमा लक्षणहरु फरक छन । जोइन्टहरु दुख्ने झाडाबान्ता आउने ज्यरो लगायतका समस्या पनि देखा पर्ने गरेका छन । पहिला २४ देखि ३४ बर्षका उमेर समुहमा बढि देखिएको थियो ।  पहिलाको  बिरामी घरेलु उपचारबाट निको हुन्थे तर अहिलेको बिरामीहरु हस्पिटललाइज्ड हुने बढि नै देखिएको छ ।  बढदो महामारीको मौका छोपेर भएको व्यापार नरोकेर सरकार किन मुकदर्शक बनिरहेको छ ?  कोरोनाको नाममा औषधीको व्यापार बन्द गरियोस । यदि व्यापार गर्ने हो भने सर्बसाधारण जनताको लागि पनि सुपथ मुल्यमा औषधी वितरण गरिनुपर्छ, नत्र इन्जेक्सनको नाममा भएको अबैध व्यापारी र तिनका व्यापार बन्द गरिनु आवश्यक छ ।

प्रतिकृया लेख्नुहोस्: