बादलले गद्धार र धोकेबाजको टिका लगाए - Nepal Talk
श्रावण १४ गते, २०७८

बादलले गद्धार र धोकेबाजको टिका लगाए

पटक हेरिएको

नेपालटक संवादाता । एकदिन अगाडि एमालेका नेता शंकर पोखरेलले डाक्टर खिमलाल देवकोटासंग रामबहादुर थापा बादललाई तुलना गर्न सकिदैन भनेर सामाजिक सन्जालमा रोइलो झिकेको थिए । उनको त्यो तर्क एक रात पनि काटन पाएन । “हुने हार दैब नटार’ भन्ने उक्ति आज राष्ट्रिय सभामा पुष्ठी भएको छ । आज भएको राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटाको पोल्टामा जित परेको छ । उनी विजयी भए संगै सामाजिक सन्जालमा विभिन्न खालका विश्लेषण र अडकलबाजीहरु शुरु भएका छन् । हुन पनि खिमलाल देबकोटाले १ हजार ७४ मतअन्तरमा रामबहादुर थापा बादललाई पछारेको छन् । स्वतन्त्र उम्मेदवार बनेका देवकोटालाई यो नतिजा सोझै हिसाबले प्राप्त भएको होइन् । रामबहादुर थापा बादलको ठुलो कमजोरीको फाइदा खिमलाल देवकोटालाई सन्जोग बस उठाएका मात्र हुन् ।
कारण नम्बर १ बादलले माओबादी केन्द्र परित्याग गरेर व्यक्तिबादी बन्नु, माओवादी केन्द्रबाट राष्ट्रिय सभामा यसअघि निर्वाचित भएका थापा एमालेमा प्रवेश गरेपछि रामबहादुर थापा बादल पार्टिको कार्वाहिमा परे । कार्वाहि पछि प्रधानमन्त्री ओलीले नियुक्ती दोहो¥यायो र आफुले खाई पाई आएको पदको लागि स्वतन्त्र उम्मेदवार डाक्टर खिमलाल देवकोटासँग प्रतिस्प्रधामा उत्रिनुपर्याे । अन्त्यमा हार खाएर मैदानबाटै राजनितिक यात्रा टुग्यांउन पुगे ।
कारण नम्बर २ बादललाई एमालेले धोका दिनु ,केहि दिन अगाडि सिंहले आफनो सिकारलाई सुमसुम्याउदै गरेको कार्टुन तस्बिर सामाजिक सन्जालमा केहि दिन अगाडि नै भाइरल भएको थियो । माओबादी केन्द्र त्याग गरेर ओलीको लहैलहैमा लागेका बादल यतिखेर घर न घाटको बनेका हुन् । उनी संगै सात जना मन्त्रीहरुको पद अदालतले बदर आदेश गरेको छ । प्रधानमन्त्री ओलीले यसअघि फागुन ५ गते संसद बिघटन गर्दा पनि अदालतले नै बदर गरेको थियो भने नेकपा बदर गराउने आदेशको साचो पनि अदालतले लियो सरसर्र्ती हेर्दा अदालतले कार्यपालिकाको काम गर्दै आइरहेको देखिन्छ । नेकपा बदरको फैसलाले अदालतसँग माओबादी केन्द्र अलि बढि चिढिएको थियो । आज अदालतको फैसलाकै कारण फेरि सातजना मन्त्रीहरुको पद बदर भयो ।
कारण नम्बर ३ निर्णायक क्षमता नहुनु, कस्तुरीले आफनो बिना थाहा पाउदैन भनेझै उनले आफुलाई चिन्न नसकेर गलत मान्छेको पछि लाग्नु तेश्रो कारण हो । डाक्टर खिमलाल देवकोटालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत अन्य दलहरुको समर्थन थियो । यता पुर्व गृहमन्त्री नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल १० बर्षे जनयुद्धको नेतृत्व गर्ने माओवादीका अध्यक्ष प्रचण्डका सहकर्मी थिए । थापाले लामो समय रोल्पा बसेर सशस्त्र युद्ध चलाएका थिए । जनयुद्धमा फौजी योजना बनाइ प्रहरी चौकी, सैनिक ब्यारेक तथा जिल्ला सदरमुकाम आक्रमण प्रमुख योजनाकार थापा नै हुन् । तर अहिले उनको त्यो क्षमता आफनै अंहताले गर्दा पुर्णबिराम लागेको छ । यानकि क्षणभरमै ओलीले खरानी बनाउन सफल भए । ०३७ देखि राजनीतिमा होमिएका थापाले ६३ वर्षको उमेरमा आएर राजनितिक यात्रा लगभग पुर्णबिराम लगाएका छन् ।
कारण नम्बर ४ ओलीको अराजक गतिबिधी मौलाउनु,
प्रधानमन्त्री केपी ओलीको असंबैधानिक गतिबिधी बढेका कारण नेकपा एमाले र उनको राजनितिक छबि धमिलिएको छ । कोभिडका कारण बढेको महामारीले जनता खाइरहेको छ । यस घडिमा पनि सरकार राजनितिक खेलमा लागेको छ । जनताप्रति उत्तरदायि छैन् । ओली आफुलाई सत्तामा टिकाउन मात्रै लागि परेको यथार्थ घाम जस्तै छर्लङग छ । संसदमा पनि अविश्वाशीला प्रधानमन्त्रीले फेरी अर्काे सपथ खाइछाडे । सपथकै बिरोधले समाजिक सन्जाल पोतिएका छन् । सरकार निरंकुश भयो भन्ने धमिलो छबि बनाएको सरकार र उक्त पार्टिमा माछा मार्न पुगेका बादललाई कुनै दलले समर्थन गरेनन् । अहिले नेपाली काँग्रेस, जनता समाजबादी पार्टि माओबादी केन्द्र लगायतका साना ठुला दलहरुले सरकारका कुनै पनि निर्णय सर्मथन गर्न सकिरहेको छैनन् ।
पछिल्ला दिनहरुमा उनकै पार्टिका माधबकुमार खेमा नै ओलीको चर्काे आलोचक बनेको थियो । संसद बिघटन, राजनितिक नियुक्ती जस्ता कुरामा सरकार निरंकुश बन्दै आएको प्रष्ट छ ।
यि सबै परिघटना केलाउँदा आफुले खाएको थालमा थुकेर ओलीको निरंकुश शैलीमा कुम जोडेर साथ दिन जानेहरुले अब सतर्क हुन आवश्यक छ । रामबहादुर थापा बादललाई माओबादी केन्द्रले लगानी गरेको थियो । उनले आफुलाई हुर्काएको पार्टिको लगानी बिर्सिएनन मात्रै आफुलाई गद्धार र धोकेबाजको टिका लगाएर राजनितिमा परिचित गराएका छन् । यसैको परिणाम हो आजको राष्ट्रियसभा उपनिर्वाचन र अदालतको फैसला पनि त्यसैले चेतना भया अरुको शिकार नबनौ ।

प्रतिकृया लेख्नुहोस्: