केपी ओलीको अस्ताउदो सुर्य - Nepal Talk
आषाढ़ ५ गते, २०७८

केपी ओलीको अस्ताउदो सुर्य

पटक हेरिएको

नेपालटक संवादाता
सुर्यले दिन छउन्जेल आफनो राप र ताप पृथ्बीलाई देखाइरहन सक्छ जब अस्ताउने बेलामा उहि सुर्य ओइलाउदै जान्छ । शरिरमा उर्जा नभएका बृद्धहरुलाई नेपालीमा एउटा कहाबतले सम्बोधन गर्ने गरिन्छ नि “डाँडामाथिको जुन घाम जस्ता’ प्रधानमन्त्री केपी शर्मा ओली पनि बिहिबार त्यस्तै अस्ताउने बेलाको घाम जस्ता देखिएका थिए । उनको अनुहारमा बोलीमा कुनै जाँगर र उर्जा थिएन् । झयाउरे अनुहार लिएर पत्रकार सम्मेलन गर्न पुगे । उनले बोल्दै जाँदा भने “यस्तो किचकिच कसले सहन सक्छ?’
बेल्दै पिच्छे तालिको मात खान पल्किएका सबैका प्रिय “ओली बा’ आज निराश देखिएका छन् । निराश हुनुमा एमालेभित्रको घर झगडा पहिलो कारण हो । आन्तरिक कलहले गर्दा उनको सत्ता कमजोर भएको छ । ओलीले नेकपा एमालेभित्रका आफना सहपाठीलाई रिझाउन सकेका छैनन् । पत्रकार सम्मेलनमा बोल्ने क्रममा भनेका थिए “दलभित्रको यस्तो बिग्रह कसरी सहनु? आफनो हातमा सत्ताको साचो हुन्जेलसम्म ओलीले कसैलाई पनि मान्छेको दर्जा दिन सकेनन् । उनकै अंहताले पार्टि एकता भंग हुन पुग्यो । पछिल्लो समयमा नेकपा एमालेको एकमना सरकारमा पनि आफनै दललाई समेटन नसकेपछि उनी अन्तत एक्लिन पुगेका छन् । देश भोक रोग र शोकमा परेका बेलामा प्रधानमन्त्री जनतप्रती वफादार छैनन् । उनले संकटमा कुनै पनि जिम्मेवारी नलिएको प्रष्ट देखिन्छ । आजको पत्रकार सम्मेलनमा उनी निराश हुनुको अर्काे कारण राष्ट्रपती बिद्याभण्डारी माथि महाअभियोग रिट दर्ता हुनु हो । दोेश्रो कारण भने किर्ते हस्ताक्षर बुझाउनु । उनले २ तिन वटा किर्ते आजै भ्याएका छन् । किर्ते गरेर टिकाएको सत्ता उम्किनै लाग्दाको छटपटटि उनको अनुहारमा प्रष्ट देखिएको थियो । पत्रकार सम्मेलन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले एक जालसाँझ गरेर गएका थिए ।
शितलनिवासमा सांसदहरुको किर्ते हस्ताक्षर बुझाउनु,
सरकार गठबन्धनका लागि एक सय ३६ सांसद भए पुग्थ्यो तर पनि सत्ताधारी दल नेकपा एमाले र विपक्षी गठबन्धनले राष्ट्रपति कार्यालयमा दाबी पेस गर्दा १ सय ५३ र एक सय ४९ जना सांसद आफ्नो पक्षमा भएको हस्ताक्षर बुझाएका थिए । प्रधानमन्त्री ओलीले एक सय ५३ जनाको समर्थन रहेको भन्दै नयाँ सरकार गठनमा दाबी गरेका थिए । सो दाबिले अहिले फेल खाने भएको छ ।
१ सय ४९ र १ सय त्रिपन्न जोड्दा सांसद सदस्य सङ्ख्या ३०२ हुन्छ तर प्रतिनिधि सभाको कुल सदस्य सङ्ख्या २ सय ७६ मात्र छ । त्यसमा चार जना सांसदको पद बर्खास्त भएका छन् भने चार जना सांसद निलम्बित छन् । यो आठ घटाउने हो भने हाल कायम सङ्ख्या २ सय ६७ हो । शितलनिवासमा ३५ सांसदको नाम दुबैतिर देखिएको छ । केपी शर्मा ओली अविश्वाशिला प्रधानमन्त्री हुन् ।
केपी शर्मा ओली संसदमा त अविश्वाशिला प्रधानमन्त्री हुन् नै । उनले देश र जनताको लागि पनि त्यस्तो उल्लेख गर्न लायक खासै उपलब्धी केहि गर्न सकेनन् । सकेनन भनौ या चाहेनन् । देश महामारीले रोइरहेको छ । उनले सत्ताको गोलचक्करमा सबै नेताहरुलाई भझाइरहेका छन् । केपी शर्मा ओलीले प्रत्यक्ष वा परोक्ष रुपमा जनताको आँखामा छारो हालेका छन् । छारो त यो मानेमा पनि हाले का हुन कि सपथ खाँदा देश जनत र इश्वरका नाममा यो प्रतिज्ञा गर्छु कि भन्दा उनले त्यो पर्दैन भन्ने हल्का जवाफ दिए त्यो पनि राष्ट्रपतिलाई उक्त अभिव्यक्ति राष्ट्रपतीले खित्का छोडेर फर्कएकी थिइन् । कुनै पनि राष्ट्रको आफनै सम्प्रभुत्ता हुन्छ चाहे त्यो ठुलो होस या सानो किन नहोस । यति संवेदनशिल विषयमा प्रधानमन्त्री र राष्ट्रपतीले जिस्किनु भनेको अमर्यादित र अलोकतान्त्रिक हो । प्रधानमन्त्री र राष्ट्रपतील नैतिकताको पाठ सिक्न जरुरी देखिन्छ । अमेरिकाका राष्ट्रपती बाराक ओभामाले सपथ खादा सानो गल्ती भएको थियो ।  उनले त्यो गल्तीका कारण फेरि सपथ खानुपरेको थियो । मान्छेबाट गल्ति त हुन्छ तर त्यो गल्तिको आत्म समिक्षा हुदैन भने त्यो उसको गल्ति होइन चाहना हो । त्यो गलत काममा उसको नियत साबित हुन्छ । हाम्रो देशका शाशकहरुको पनि नियतमै खोटो देखिएको छ । यानकी यहि तवरले ओलीको राजनिति हिडिरहयो भने सम्झनुस नेकपा एमालेको चुनाव चिन्ह अस्तित्वमा रहिरहला भनेर बिश्वाश गर्न सकिदैंन ।

प्रतिकृया लेख्नुहोस्: