इतिहांसकै अराजक प्रधानमन्त्री केपी ओली - Nepal Talk
आषाढ़ ५ गते, २०७८

इतिहांसकै अराजक प्रधानमन्त्री केपी ओली

पटक हेरिएको

नेपालटक संवादाता ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन दोहोर्याएपछि नेपालमा राजनितिक अस्थिरता थपिएको छ । यतिखेर देशमा महामारीले जनता आक्रान्त छन् । आमनागरिकले स्वास्थ्य उपचार पाएका छैनन् । दैनिक दुई तिन सय मान्छेको ज्यान जाने गरेको छ । स्वास्थ्यलाई संबिधानले नागरिकको मौलिक हक भनेको छ तर माहामारिमा सामान्य खालको पनि सरकारको गुहार पाएका छैनन् आमनागरिकले । अनाहकमा दैनिक सरकार यता बालुवाटारबाट अझ राजनितिक सन्त्रासको घण्टि बजाइरहेको छ । हुनत प्रधानमन्त्रीको आलोचना नगर्ने कमै होलान् । भएभरका सामाजिक सन्जाल प्रधानमन्त्री र राष्ट्रपतीको कार्यशैलीको आलोचना गर्न खर्चिएका छन् । देशका कलाकार, पत्रकार, राजनितिक दल समाजसेवी बुद्धिजिबी बिद्यार्र्थी, राजनितिक बिश्लेषक कसैले पनि प्रधानमन्त्री र राष्ट्रपतीले राष्ट्रका लागि काम गरेका छन भन्न सकेका छैनन् ।
वास्तबमै प्रधानमन्त्रीले राष्ट्रपतीको शक्तिको आडमा देशमा अराजकता मच्चाइरहेका छन् । दूइ दिन अगाडि प्रधानमन्त्रीले आधा रातको समयमा पारेर संसद बिघटन गरे । यहि कुरालाई लिएर पुर्व सचिब भिम उपाध्यायले सामाजिक सन्जालमा यस्तो लेख्छन् ।   
चुनाब देशका लागि फेरि अर्काे घाटा हो । प्रधानमन्त्रीले जनताले तिरेको कर फेरि यहि घाटामा लगानि गर्दै छन् । जुन देशका लागि आवश्यक नै छैन् । अहिले विश्व महामारी संग लडिरहेको छ । आमनागरिकलाई महामारीले थिलथिलो पारेको बेलामा प्रधानमन्त्रीले स्वास्थ्य उपचारका पुर्वाधारहरु उपलब्ध गराउन सक्नुपथ्र्यो । त्यो त परैको कुरा । उनले आफनो कुर्सिको आयु लम्ब्याउने दाउ मात्र गरिरहेका छन् । प्रधानमन्त्रीले आमनागरिकलाई “सुखि नेपाली र समृद्ध नेपाल’को नारा बाडे । तर उनले चाँहि त्यसको ठिक विपरित काम गरिरहेका छन् । अस्ति उपेन्द्र यादबले संसदमै भनेका थिए नि, “प्रधानमन्त्री ज्यु, “दुखि नेपाली दरिद्र नेपाल’ त्यतिखेर प्रधानमन्त्रीले चाँहि यसको कुनै पनि जवाफ फर्काउन सकेनन् । आफुसंग हुदै नभएको बहुमत छ भनेर फर्जि हस्ताक्षर बुझाउने त्यो पनि राष्ट्रपतिको कार्यलयमा । उनका कतिपय झुटहरु यसरि नै प्रमाणित भइरहेका छन् ।
जे होस देश महामारीको भुमरिमा परेको बेलामा सत्तामा बसेर संबिधानमा हुदै नभएका शक्ति प्रयोग गरि संसद बिघटन गरेर चुनावमा जान्छु भन्नु देशलाई बर्बाद पार्न खोज्नु हो । यस्ता अनैतिक हर्कतहरु गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई नत हाम्रो नेपालको संबिधानले छुट दिन्छ । नत जनताले नै उनलाई अबको राजनितिक यात्रमा साथ दिने छन् ।
“नेपाली काँग्रेसमा राष्ट्रपतीलाई सम्मान गरेर बोल्ने संस्कार रहेनछ’ भनेर सबक सिकाउन जान्ने प्रधानमन्त्री आफुले चाँहि किन देशमा यति ठुलो अपराध गरिरहेका छन् ?
देश जनता प्रति यतिसम्मको गैरजिम्मेवार सम्भबत इतिहांसकै उनी पहिलो प्रधानमन्त्री हुन् । सत्ताका लागि हानाहान त राणाशाशणमा पनि नभएका होइनन् ।
राणाहरुको पालामा प्रधानमन्त्रीको पद बंशाणुगत हिसाबमा भाइ भतिजाहरुमा स्वत भाग लाग्थ्यो । जसका कारण पनि झगडा स्वभाबिक थियो । १८३३ मा रणबहादुर शाहले मुख्तियारी पदको स्थाना गरेका थिए जसको अर्थ मुख्य र अख्तियार दुइ शब्द थियो अर्थात अख्तियारको मुख्य भन्ने थियो । उतिखेर यो पदले देशको कार्यकारीको काम गर्नुपथ्र्याे । राज्यको परामर्शदातालाई “भारदार’ भनिन्थ्यो ति भारदारहरु गोरखाका कुलिन वर्ग र मुख्यत क्षत्री परिवारका हुने गर्थे । प्रधानमन्त्री ओलीले पनि यस्तै गरि आफना आशेपाशेहरुलाई भारदार नै बनाएका छन् । उनको पछिल्लो समयमा सपथ खुवाएका मन्त्रिहरु पनि दलिय सहमतीका आधारमा नियुक्त गरिएका होइनन् । ति उनका भारदारहरु थिए र त सुटुक्कै सपथ खुवाएका थिए । पछि अदालतले बदर नगरेको हुन्थ्यो भने उनका भारदारहरुको रँजाई हुने थियो । अहिले पनि उनका आशेपाशेहरु क्रियाशिल छन् । दामोदर पाँडेको पतन भइसकेर भीमसेन थापाको उदय हुँदासम्म पनि नेपालको राजनितिभित्र झगडाको विष फैलिएको थियो । लोभिपापीहरुले अन्तत भिमसेन थापाको हत्या गरिदिए । राजतन्त्र, अस्तायो प्रजातन्त्र आयो त्यसको पनि घाँटि निमठियो । बिपी जस्ता जनताका लागि असल मान्छे सत्ताबाट लखेटिए, र राजा महेन्द्रले पन्चायत रोजे । यि सबै हुँदाहुँदै दलहरुले जनमतसंग्रहबाटै पन्चायत फाले । त्यसपछि अर्का नेता मदनभण्डारीको नियोजित हत्या भयो भनिएको छ । नेपालको इतिहांसमा २०५८सालमा दरबार हत्याकाण्ड जस्ता ठुला अपराधहरु राजनितीको सेरोफेरोमा घुमिरहेको छ । हत्या गुण्डागर्दिका यस्ता उदाहरणलाई छोडेर कुरा गर्नुपर्दा राजनितिभित्रको अन्य लडाई सत्ताका लागि भन्दा पनि व्यवस्थाका लागि केन्द्रित हुने गरेका थिए । तर अहिले हाम्रा प्रधानमन्त्री ज्यु,ले त देशका लागि अलिकती सोच्न सकेनन् । उनका हर्कतहरुले यो व्यवस्थाकै बिरोध गरेको छ । प्रधानमन्त्री राजनितिक रुपमा व्यक्तिबादी बनेका छन भने संबिधानत उनी अपराधी हुन् ।

 

प्रतिकृया लेख्नुहोस्: