बुद्धले ज्ञान बाडन सजिलो होस भनेर सुरु गरेको संघको बुहत रुप बौद्ध धर्म - Nepal Talk
आषाढ़ ५ गते, २०७८

बुद्धले ज्ञान बाडन सजिलो होस भनेर सुरु गरेको संघको बुहत रुप बौद्ध धर्म

पटक हेरिएको

“सत्यम शिवम सुन्दरम, अर्थात सत्यको बाटोमा लाग भन्ने भगवान गौतम बुद्धको पहिलो मन्त्र हो । आज उनै भगवान गौतम बुद्धको जन्म दिन हो । करिब २८०० वर्ष अगाडि शाक्य भन्ने कुलले कपिलवस्तु शहरमा शासन गरेको थियो।
त्यहि कुलका सिद्धार्थ गौतमको लुम्बिनी शहरमा जन्म भएको थियो। उनका बुबा शुद्धोधन नामका एक राजा थिए र उनकी आमा माया नामकी रानी थिइन्। सिद्धार्थको सानै उमेरमा उनकि आमा मायादेविको मृत्यु भयो । उनका बुबाले उनलाई अत्यन्त शान्त वातावरणमा हुर्काए । सिदार्थ गौतमलाई अध्ययन गराउनका लागि घरमा शिक्षकहरूको व्यवस्था गरिएको थियो । सिद्धार्थ गौतमको बालापन विलासितामा बितेको थियो । बुबा९शुद्धोधन कडा परिश्रम गर्न रुचाउथे ।

एकदिन एकजना ज्योतिषले राजा शुद्धोधनलाई भनेका थिए “तपाइको छोरा सिदार्थ कुनै दिन एक महान राजा बन्नेछन्, तर महल छोडे भने एक महान धार्मिक नेता बन्नेछन्। राजा आफ्नो छोरालाई धार्मिक नेता बनाउन चाहदैनथे । त्यसकारण पनि उनले सिद्धार्थलाई बाल्यकालभरि दरबारमा राखेरहे ।

जब सिद्धार्थ १८ बर्षको भए, उनको बुबाले उनलाई विवाहको लागि एउटी महिला खोजिदिएका थिए । सिदार्थ गौतमले यशोधार नामको स्त्रीसँग विवाह पनि गरे र उनीहरूको राहुला नामको छोरो जन्मिएको पनि थियो । सिद्धार्थ गौतमको जिवनमा आफूले चाहेका सबै थोक थियो, तर उनी अझै खुसी थिएनन । उनी आफ्नो दरबार बाहिरको जीवनको बारेमा जान्न चाहन्थे।

जब सिद्धार्थ २० वर्षको भए, उनी शाक्य कुलको नेता भए । आठ बर्ष पछि शाक्य र कोलिया समूहमा विवाद भयो । यो विवाद रोहिणी नदीको पानीको प्रयोगको बारेमा भएको थियो भनिन्छ । बिबाद चुलिदैं गएपछि झगडाले गर्दा दुबै पक्षका मानिसहरु लडे र केहि घाइते भए । यो देखे पछि शाक्य कबीले सबैलाई बैठक बोलाए र कोलियानका विरुद्ध लडाई लड्ने निर्णय गरे । उनीहरूलाई पाठ सिकाउनका लागि सिद्धार्थले उक्त प्रस्तावको विरोध गर्दै भने युद्ध कुनै पनि समस्याको समाधान हुँदै होइन । हामी हाम्रो पक्षलाई बलियो बनाउने हो भने दुबै पक्षका साथ एक परिषद गठन गर्न सक्छौं । लगभग सबै सदस्यहरूले उनको राय अस्वीकार गरे।
भोलिपल्ट कबीलेका प्रमुखले भने, हामी युद्धको लागि नयाँ सैनिक भर्ती गर्न जाँदैछौं र यो २० वर्ष भन्दा माथिको र ५० बर्ष भन्दा तलको मानिसका लागि आवश्यक छ। फेरि सिद्धार्थले प्रस्तावको विरोध गरे । कुलको शिरले सिद्धार्थलाई आफ्नो शपथको सम्झना गराए र जवाफ दिए कि म कुनै हालतमा पनि लडाईँ गर्दै गर्दिन ।

कुलले उनलाई तीन विकल्पहरू मध्ये एउटा छनौट गर्न भनेका थिए शाक्य कुलसँग कोलियानको बिरूद्ध लड्न मर्नु वा देश छोडेर आफ्नो परिवारको बहिष्कार गर्नु जस्ता विकल्पहरु देखाएका थिए । सिद्धार्थले साहसी भई भने म मृत्युको लागि तयार छु भन्दाखेरि कुलका शिरले भने, यो हानिकारक हुन सक्छ किनभने कोसलाका राजाले यसलाई अनुमति दिदैनन्। यति सुनिसकेपछि सिद्धार्थले आफू सन्यासी बन्ने र देश छोड्ने निधो गरे । कोसलाका राजाले यसको बारेमा केही गर्न नसक्ने सल्लाह दिए। कुलको टाउकोले सोचे कि यो राम्रो विचार हो। सिदार्थले घर त्यागेपछि उनीहरूले युद्ध सुरू गरे । सिदार्थले राजा उनी र झगडाबीच कुनै सम्बन्ध भेट्टाउन सकेनन ।

भोलिपल्ट, सिद्धार्थ २० वर्षको उमेरमा आफ्नो परिवार, आफ्नो जग्गा र अरू सबै कुरा छोडेर जगंलमा गए । किंवदन्ती भन्छ कि उहाँ आफ्नो बुबाको आदेशको बिरूद्ध महलबाट बाहिर निस्कीएका थिए ।

उनले चार महान दृश्यहरू देखे त्यो हो एक वृद्ध मानिस, बिरामी मानिस, मरेका मानिस, र कुनै पवित्र मानिस नभएको।उनले सबै  मानिसहरूलाई भिक्षु र धार्मिक नेता हुन जागरण बाडन थाले ।

झगडा किन गर्छन जवाफ खोज्दै सिदार्थ गौतम भौतारिन थाले
त्यस बेलामा धेरै पवित्र मानिसहरू सन्यासी थिए। विभिन्न कारणले आफुलाई लडाएका मान्छेहरु उनको नजरमा पर्ने गर्थे । तिनीहरू केही सुखविलासबाट अलग रहन नसकेका कारण चाहनाबाट छुटकारा पाउन सकेका थिएनन भन्ने कुरा सिदार्थले बुझन थाले । उतिबेला तपस्वीहरूको एउटा समूहलाई जैन भनिन्थ्यो।

तिनीहरूले आत्मत्यागको अभ्यास गरे र आफैंलाई धेरै कष्ट दिए। आत्मलाई खुसि राख्न पनि पीडा र उदासिनताबाट मुक्तm गराउ भन्ने जैनहरु भन्थे र विश्वाश गर्थे । सिद्धार्थले यीनै भनाइहरुमाथि टेकेर जिवनमा धेरै अभ्यास र प्रयास गरे र अन्ततः आफ्ना शिक्षकहरू भन्दा राम्रो बन्न पुगे। उनले अझै उत्तर पाएन, त्यसैले पनि जैनहरुले फेरि आफ्ना शिक्षकहरू र साथीहरूलाई अर्को तरिका पत्ता लगाउने पक्का गरे र एक दिनमा एक जना मानिसले केवल छ अनाज चामल खाने निर्णय गरे एवंमरितले मानिस सुक्दै गयो सकिदै गयो ।

उसको शरीर छाला र हड्डीहरू मात्र बाकि थिए अन्तत उसको मृत्यु भयो। यि सब देखेर जानेर पनि उहाँ सिदार्थ गौतमले दुखको कुनै उत्तर भेटाएनन ।

सिद्धार्थले यो बाटोको बारेमा फेरि सोच्न थाले । उनलाई लाग्यो कि आफैंलाई चोट पुर्‍याउनु भन्दा उत्तम उपाय अरू नै हुन सक्छ। उनले नेभाराको रूख भेट्टाए ९अब बोधि रूख पनि भनिन्छ० र यसको मुनि ध्यान गर्न थाले । उनले आफैसंग वाचा गरे म ज्ञान प्राप्त नगरे सम्म यो स्थान छोड्ने छैन । उनले ४९ दिन रूखमुनि तपस्या गरेर बिताएका थिए त्यसपछि मात्र उनको मन शुद्ध भएको बताइएको छ । करिब छ वर्षको अभ्यास पछि उनले प्रबुद्ध प्राप्त गरे ।

बुद्धको रूपमा उनको जीवन

जब बुद्ध ज्ञानबोध भए, उनले दुःखकष्टको जवाफ भेट्टाए र दुःखकष्टलाई कसरी पराजित गर्ने भनेर उनलाई थाहा थियो। यो उत्तरलाई चार महान सत्य भनियो। बुद्ध आफ्ना नयाँ विचारहरू सिकाउने होईन भनेर निश्चित थिए। उनले आफैंलाई सोधे कि संसार यति गहिरो शिक्षाको लागि तयार छ कि छैन होला ? तर अन्तमा उनले मानिसहरूलाई आफ्नो नयाँ तरिका सिकाउन सहर सहरमा यात्रा गर्ने अठोट गरे । उनले चार महान सत्यता र महान आठवटा मार्गको बारेमा सिकाए। मानिसहरूले उनको कुरा सुने।

उनले सिकाउदा आफुलाई देवता हुँ भनी बहाना गरेनन । उनले भनेका थिए म एक जना सामान्य मानिस हु । उनले जीवनको अर्थ ज्ञान,फेला पारेका थिए । कुनै पनि व्यक्तिले सजिलै जीवनको अर्थ पाउन सक्दैन भन्ने लागेर उनले आफ्नो बाँकी जीवन विश्वका दक्षिणी नेपाल र भारतका विभिन्न भागहरूमा हिडेर मानिसहरूलाई आफूले प्राप्त गरेका ज्ञान बाडन खर्चिएका थिए ।

भगवान्  गौतम बुद्ध बौद्ध धर्मका स्थापक हुन् । नेपालमा जन्मिएका उनलाई भगवानको दर्जा दिइन्छ र उनका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने विभिन्न उपदेश दिएका छन् । त्यस्तै उपदेशमध्ये यी १० उपदेश पर्छन् ।

१. घृणाले घृणालाई कहिल्यै समाप्त गर्न सक्दैन । यो एउटा प्राकृतिक सत्य हो कि प्रेमले मात्र घृणालाई पगालेर जित हासिल गर्न सक्छ ।

२. तपाईले हजारौँ लडाइँहरु जित्नुभन्दा आफूमाथि नै विजय प्राप्त गर्न सक्नुभयो भने मात्रै जितको अनुभव सधैँ गरिरहनुहुनेछ । यसका लागि हामीले आफ्नो मनमस्तिस्कलाई काबूमा राखेर काम गर्न सक्नुपर्छ । म के गरिरहेको छु रु मैले गर्नुपर्ने काम के हो रु भन्ने प्रश्न आफूलाई बारम्बार सोधिरहनुहोस् ।

३. सत्यको बाटोमा हिँड्ने मानिसले केबल दुईवटा गल्ती मात्र गर्न सक्दछ । पहिलो गल्ती भनेको आफ्नो पूरा बाटो निश्चित नगर्नु र दोस्रो गल्ती सत्यको यस बाटोको सुरुवात नै नगर्नू । यस बाटोमा हिँड्दा पैदा हुने डर र सङ्कोच क्षणिक मात्र हो भन्ने हामीले बुझ्नुपर्छ ।

४. एउटा बलिरहेको दियोले अरु हजारौँ दियो बाल्न सक्छ । तरपनि उसको उज्यालो कहीँकतै कम हुँदैन । त्यस्तै जीवनमा खुसी बाँड्दा यसरी नै बढ्छ, कम हुँदैन ।

५. तपाईले आफ्नो क्रोध, रिस र रागका लागि सजायँ भोग्नुपर्दैन किनकी क्रोध, रिस र राग आफैँमा सजाय हो ।

६. शङ्का गर्नु एउटा भयानक बानी हो जसले दुई व्यक्तिप्रतिको आत्मियता र मित्रतालाई तोडिदिन्छ ।

७. सुखी र खुसी हुने एउटै मात्रै तरिका छ । त्यो भनेको भूतकालमा अल्झिएर बस्नुहुँदैन, भविष्यको सपनामा डुबेर बस्नु पनि हुँदैन र हामीले केबल वर्तमानलाई उपयोगी बनाउनमा ध्यान दिनुपर्छ ।

८. रिस गर्नु भनेको जलिरहेको कोइलालाई अरुमाथि फ्याँक्नका लागि हातमा लिनु सरह हो । त्यसले सबैभन्दा पहिले आफैँलाई जलाउँछ र आफैँलाई पोल्छ ।

९.आफ्नो लक्ष्यमा पुग्नु भन्दा पनि महत्वपूर्ण भनेको लक्ष्य प्राप्त गर्नुअघि सफलतापूर्वक यात्रा गर्न सक्नु हो । हजारौँ शब्द भन्दा शान्ति ल्याउने एउटा शब्द धेरै शक्तिशाली हुन्छ।

१०. सूर्य, चन्द्रमा र सत्यलाई कसैले लुकाउन सक्दैन ।

उनै बुद्धले ज्ञान बाडन सजिलो होस भनेर संघ सुरु गरेका थिए । त्यो हो बौद्ध भिक्षु र ननहरूको समूह हो आज पनि धेरै मानिसहरू उनकै कारण ज्ञानी भएका छन । धेरै मानिसहरु बुद्धिजमलाई मानेर बौद्ध धर्मको चुल्होमा जिवनको शिक्षा खोजिरहेका छन । गौतम बुद्धको ८० वर्षको उमेरमा निधन भएको थियो ।

-पार्वती खड्का

प्रतिकृया लेख्नुहोस्: